१० वर्षपछि पक्राउ परे डाँका तथा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१० वर्षपछि पक्राउ परे डाँका तथा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी



काठमाडौं । डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले करिब १० वर्षपछि पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दोलखा जिल्ला अदालतको फैसलापछि फरार रहेका खिल बहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ। अदालतले २०७४ पुस ४ गते तामाङसहितका प्रतिवादीलाई १० वर्ष कैद सजाय र जनही १ लाख १८९ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

उक्त मुद्दामा लामो समयदेखि फरार रहेका तामाङलाई प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बौद्धबेशी क्षेत्रबाट मंगलबार अपराह्न पक्राउ गरेको हो।

४० वर्षीय तामाङ दोलखाको साविक मागापौवा गाविस–२ (हाल शैलुङ गाउँपालिका–४) का स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंमै बस्दै आएका थिए। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार अपराधीहरूको खोजी कार्यलाई अझ सशक्त बनाइएको र कानुनी दायराबाट भाग्न खोज्नेहरूलाई कुनै पनि हालतमा नछोडिने बताइएको छ।

प्रकाशित : 24 March, 2026 11:10 am