काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।
बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु “नेपालको विकास यात्रास् नवप्रवर्तनका आयामहरू” रहेको छ। जसले उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको महादेशीय दृष्टिकोणले महत्त्वपूर्ण विकासक्रमलाई प्रस्तुत गरेको छ।
एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । बैंकले आफ्नो यस प्रकाशनमार्फत नेपालको ऐतिहासिक र विकासवादी गौरवलाई उजागर गर्ने प्रयास गरेको छ ।
हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकको देशैभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटिएम सञ्चालनमा रहेका छन् । बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधाहरूका साथै नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा केन्द्रबाट सेवा दिइरहेको छ । साथै, बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ ।






Comment