काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडाफाँड सम्पन्न भएको छ। कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड भएको हो।
कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको छ ।
त्यस्तै, २३ लाख ७६ हजार ७०५ जनाको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ताका लागि परेको आवेदन सदर भएको छ । कुल सदर आवेदनमध्ये ४५ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।
जसअनुसार ४ लाख ५० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसर्थमा १९ लाख २६ हजार ७०५ जनाको हात खाली भएको छ ।






Comment