पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओ बाँडफाँड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडाफाँड सम्पन्न भएको छ। कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड भएको हो।

कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको छ ।

त्यस्तै, २३ लाख ७६ हजार ७०५ जनाको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ताका लागि परेको आवेदन सदर भएको छ । कुल सदर आवेदनमध्ये ४५ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।

जसअनुसार ४ लाख ५० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसर्थमा १९ लाख २६ हजार ७०५ जनाको हात खाली भएको छ ।

प्रकाशित : २९ फाल्गुन २०८२, शुक्रबार १३:३१ 13 March, 2026 1:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।