काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको आइपीओ सूचीकृत भएको छ। कम्पनीको आइपीओ ‘एचएफआईएन’ सिम्बोलबाट सूचीकृत भएको हो।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ४० लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ६० लाख कित्ता गरी कुल २ करोड कित्ता सेयर आज सूचीकृत भएको हो ।
नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा बिहिबारदेखि कारोबार खुल्नेछ ।






Comment