होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको आइपीओ सूचीकृत भएको छ। कम्पनीको आइपीओ ‘एचएफआईएन’ सिम्बोलबाट सूचीकृत भएको हो।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ४० लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ६० लाख कित्ता गरी कुल २ करोड कित्ता सेयर आज सूचीकृत भएको हो ।

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा बिहिबारदेखि कारोबार खुल्नेछ ।

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार १६:०५ 11 March, 2026 4:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।