धितोपत्र बोर्डले दियो दुई हाइड्रोपावरलाई आईपीओ अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

धितोपत्र बोर्डले दियो दुई हाइड्रोपावरलाई आईपीओ अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएका छन्। धितोपत्र बोर्डले कलंगा हाइड्रो र सानीगाड हाइड्रोले आइपीओ ल्याउने अनुमति पाएका हुन्।

कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएका छन्।

अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।

प्रकाशित : २६ फाल्गुन २०८२, मंगलबार १५:०५ 10 March, 2026 3:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।