काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएका छन्। धितोपत्र बोर्डले कलंगा हाइड्रो र सानीगाड हाइड्रोले आइपीओ ल्याउने अनुमति पाएका हुन्।
कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएका छन्।
अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।






Comment