काठमाडौं । निर्वाचनपछि खुलेको नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ रहेको थियो। यस हिसाबले शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। बुधबार प्रतितोला ५ हजार ५४० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार बढेर ५ हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।






Comment