नेपाल पर्यटन बोर्ड ऐन संशोधनको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल पर्यटन बोर्ड ऐन संशोधनको तयारी



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ संशोधन गर्ने तयारी गरेको छ। मन्त्रालयले ऐन संशोधनका लागि विधेयकको मस्यौदा तयार गर्दै बोर्डको काम, कर्तव्य र अधिकार विस्तार गर्ने प्रस्ताव अघि बढाएको हो।

मस्यौदाअनुसार बोर्डले नेपालका पर्यटकीय वस्तु तथा गतिविधिको राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने, पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नीतिगत सुझाव दिने तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने अधिकार पाउनेछ। साथै अन्तर्राष्ट्रिय संघसंस्थासँग पूर्वस्वीकृतिमा सम्झौता गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

बोर्डमा हुने नियुक्तिलाई पारदर्शी र पेशागत बनाउन सदस्य तथा प्रमुख कार्यकारीको योग्यता कडाइ गरिएको छ। राजनीतिक दलको सदस्य नरहेको, तोकिएको शैक्षिक योग्यता र पर्यटन क्षेत्रमा निश्चित अनुभव भएको व्यक्तिलाई मात्र नियुक्त गर्न सकिने प्रावधान मस्यौदामा समेटिएको छ।

प्रकाशित : 23 February, 2026 1:56 pm