एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न, जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न, जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित



सिरहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, जारी पुँजी विस्तार गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। साथै आवश्यक निर्णयहरू कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ ।

कम्पनीको चुक्तापुँजी ३५ करोड रुपैयाँ रहेको र अधिकृत पुँजी ५० करोड राखिएको जानकारी सभामा दिइएको थियो ।

सभामा सहभागी शेयरधनीहरूले कम्पनीको विकास र विस्तारका लागि आवश्यक सुझावसमेत दिएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सम्पूर्ण शेयरधनी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरेका थिए ।

प्रकाशित : 16 February, 2026 11:41 am