निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका



काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।

निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो ।

पछिल्लो समय बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो आइरहेको छ । यसै सन्दर्भमा उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।

यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।

प्रकाशित : 4 February, 2026 5:48 pm