काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.४१ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्त) सम्ममा बैंकले ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
पहिलो ६ महिना (पुस मसान्त) सम्ममा बैंककाे खुद ब्याज आम्दानी ७.२० प्रतिशतले बढेर १ अर्ब ९ करोड २० लाख १ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.२५ प्रतिशतले बढेर १ अर्ब २७ करोड २८ लाख २८ हजार रुपैयाँ रबैंकको सञ्चालन मुनाफा भने १६.०३ प्रतिशतले बढेर ४७ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४१ करोड २३ लाख १ हजार रुपैयाँ रहेको थियो।
यता बैंकको खुद फि तथा कमिसन आम्दानी २ प्रतिशतले बढेर ८ करोड ८१ लाख १९ हजार रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी १४ रूपैयाँ २४ पैसा रहेकाे छ। अघिल्लो वर्षको सोही अवधिमा बैंककाे खुद फि तथा कमिसन आम्दानी ८ करोड ६३ लाख ८५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ कराेड ४८ लाख ५४ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ४.५२ रूपैयाँबाट घटेर १ रुपैयाँ ६२ पैसामा झरेकाे छ भने खराब कर्जा ४.९३ प्रतिशतबाट बढेर ६.१० प्रतिशत पुगेकाे छ।
समीक्षा अवधिसम्म ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेकाे बैंकको कुल सम्पत्ति ६३ अर्ब १८ करोड ९६ लाख ९८ हजार रूपैयाँ रहेकाे छ। बैंकले यस अवधिमा ग्राहकहरूबाट ५३ अर्ब ७० करोड ८४ लाख ६३ हजार ४७३ रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ४१ अर्ब १४ करोड ५५ लाख ६ हजार ६०५ रुपैयाँ कर्जा प्रवाह गरेकाे छ ।







Comment