सम्पत्ति शुद्धीकरण विरुद्ध बीमा क्षेत्रबाट आईएमई लाइफ अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सम्पत्ति शुद्धीकरण विरुद्ध बीमा क्षेत्रबाट आईएमई लाइफ अगाडि



काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डे को अवसरमा आफ्ना एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ।

तालिम कार्यक्रममा जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान र रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरूका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

कम्पनीका अनुसार AML/CFT सम्बन्धी कानूनको प्रभावकारी पालना गर्न सकेमा कम्पनीको सुशासन सुदृढ हुनुका साथै ग्राहकको विश्वास अभिवृद्धि हुने विश्वास लिइएको छ। बीमा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न यस्ता तालिम कार्यक्रम महत्वपूर्ण हुने कम्पनीको धारणा छ।

तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पूर्ण अभिकर्ता तथा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानूनी व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएर लाग्न निर्देशन दिए।

उनले बीमा व्यवसायलाई सुरक्षित, विश्वसनीय र मर्यादित बनाउन अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानून पालना र जोखिम नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रह गरे।

प्रकाशित : 29 January, 2026 3:43 pm