अाज भेली फोनको क्रेज निकै बढ्दै गएको छ । आइफोन लन्चिंग इभेन्ट होस या सामसुङ्गको नयाँ फोन लन्च, हरेको नजर यस्तैमा हुन थालेको छ । तर एउटा यस्तो फोन छ की त्यो अकर्षकण यी दुइ ठुला कम्पनीका फोन भन्दा ज्यादै छ । लन्च हुन भन्दा अगाडी नै यसको बारेमा आम मानिसहरुले यसको बारेमा बुझ्न चाहाना राखेका छन । दुनिया भरिको स्मार्ट फोन बजारमा वनप्लस ५लाई लिएर धेरै नै चर्चा भएको छ । कतिपय मानिसहरु यसको लन्चिङ्गलाई लिएर अलग अलग धारणा समेत भबनाएका छन ।
यो फोन १५ जुनमा लन्च हुने तयारीमा रहेको छ । लन्च भन्दा अगाडी एउटा इन्टरनेट मेल समेत लिक भएको छ । यो मेलमा स्मार्टफोनको वारेमा सबै कुराको जानकारी दिइएको छ । फिचरलाई हेर्दा लग्छ की अन्य फोनको तुलनामा निकै नै धमाकेदार हुने छ । यो फोनको फिचर चिनको माइक्रो ब्लगिंग साइन वीबीमा समेत सार्वजनिक गरिएको छ । यसमा क्वालिटीको क्यामरा चार कलर वेरिएंटको प’ष्टी भै सकेको छ । अनमान लगाएको छ की यो फोनको मुल्य ३० हजार भारु हुने छ ।
जानकारीमा आए अनुसार यो स्मार्ट फोनमा पछाडी वर्टिकल पैटर्नमा इअल क्यामरा सेटअप गरिएको छ । होम बटममा फिंगर प्रीन्ट सेन्सर पनि छ । प्रोसेसर भन्दा अरु वनप्लस ५मा ५.५ (1440×2560 पिक्सल)इन्चको क्वाडएचडी इनबिल्ट स्टोरेज ६४ जीबी हुन सक्छ अरु युजर जरुरी परे माइक्रोएसडी कार्ड समेत प्रयोग गर्न सकिन्छ ।
यसको डाइमेन्सना 152.7 x 74.7 x 7.0 मीलीमीटर र तौल १५६ ग्राम भएको दाबी गरिएको छ । एन्डोइड ७.१ नुगामा चल्ने यो फोनको १२८ जीबी सम्म माइक्रोएडी कार्ड सर्पोट गर्छ । वानप्लस ३टीमा भने यो सेवा थिएन । वानप्लस ५ मा एउटा ठूलो अपग्रेड डिस्प्ले रिज्यूलेसन भएको दाबी छ । यसमा ५.५ इन्चको 2560 x 1440 फिक्सल रेज्यूलेसनको डिस्प्ले पनि हुने छ ।एजेन्सी
Comment