काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय कार्यालय संघ (नेफ्स्कुन)का सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) निलम्बनमा परेका छन्।
सुर्खेतस्थित नेफ्स्कुन सदस्य सेवा कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार तथा कुटपिट भएको घटनाको छानबिन गर्न उनलाई निलम्बन गरिएको हो। नेफ्स्कुन सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै घटनाबारे आवश्यक छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।
नेफ्स्कुनका सूचना अधिकारी गणेशप्रसाद तिमल्सेनाका अनुसार रावतमाथि कार्यकक्षमै कर्मचारी मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि दुर्व्यवहार र कुटपिट गरेको आरोप लागेको छ।
घटनापछि नेफ्स्कुनका कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल निलम्बन तथा कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए।






Comment