भक्तपुर इटा उद्योग संकटमा: उत्पादन उच्च, तर बजार र श्रमिक अभावले उद्योग रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

कर्पोरेट

भक्तपुर इटा उद्योग संकटमा: उत्पादन उच्च, तर बजार र श्रमिक अभावले उद्योग रोकियो



भक्तपुर । भक्तपुर इटा उद्योग व्यवसाय संघ लिवाली भक्तपुरको ३० औं वार्षिक साधारणसभा बुधबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले गरे ।

सो अवसरमा उनले चुनावको नाममा भइरहेको सिद्धान्तहिन एकताप्रति चिन्ता व्यक्त गरे । फागुन २१ को चुवाब नजिकिएसँंगै राजनीतिक दलहरुवीच भइरहेको धमाधम एकताको संकेत गर्दै सिद्धान्त, विचार केही नमिले पनि स्वार्थकै लागि मात्रै एकता हुनु झन वढी खतरा रहेको उनले बताए ।

नेपाली राजनीतिमा पछिल्लो समय देखिँदै आएको दलहरूबीचको अस्वाभाविक एकताप्रति चिन्ता गर्दै उनले भने, यसले देशलाई कुन अवस्थामा पुरयाउने हो, अहिले भन्न नसकिने भएको छ । विशेष गरेर रवि, बालेन, कुनलमानको एकताप्रति संकेत गर्दे उनले भने, स्पष्ट सिद्धान्त, विचार र कार्यक्रमविनाको एकता लोकतन्त्रका लागि दीर्घकालीन रूपमा झन बढी खतरनाक बन्न सक्छ ।

कार्यक्रममा नेपाल इटा उद्योग व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले उत्पादन भए अनुसार इटाहरु विक्रीवितरण नभएकै कारणले उद्योगहरु बन्द गर्नुपरेको बाध्यता सुनाए । बढ्दो उत्पादन लागत, श्रमिक अभाव, कच्चा पदार्थको समस्या र वातावरणीय मापदण्ड कडाइका कारण इटा उद्योग गम्भीर संकटमा फसेको उनले जानकारी गराए । उद्योग बन्द हुँदा हजारौं श्रमिक बेरोजगार हुने जोखिम बढेको र निर्माण क्षेत्रसमेत प्रभावित हुन थालेको उनले सुनाए ।

उद्योगीहरूका अनुसार बजार नहुनु, माटोको अभाब हुनु, इटाको विकल्पमा अन्य आउनु र प्रयोग गरिनु, श्रमिकहरुको अभाब हुनुले उत्पादन प्रभावित भएको छ । त्यसमाथि वातावरणीय प्रदूषण नियन्त्रणका नाममा गरिएका निरन्तर अनुगमन, जरिवाना र बन्द आदेशले साना तथा मध्यम इटा उद्योग टिकाउन मुस्किल परेको उनीहरूको भनाइ छ ।

संघका सल्लाहकार विश्वराम कवांले एउटा इटा उद्योगमा घटीमा पनि चार पाँंच सय मजदुरहरुले रोजगारी पाउने बताए । उद्योग वन्द हुँंदा यी मजदुरहरु बेरोजगार भइ वस्नुपर्ने उनले सुनाए । यसबाहेक पनि अप्रत्यक्ष रूपमा जोडिएका यातायात, निर्माण सामग्री आपूर्ति र स्थानीय व्यवसायसमेत प्रभावित भएको उनले सुनाए ।

भक्तपुर ट्रक व्यवसायी संघ लिवाली भक्तपुरका अध्यक्ष लक्ष्मीप्रसाद गोराले इटा उद्योग सञ्चालन कम भएकै कारण आफूहरुको ट्रकले पनि काम नपाएको देखेसो सुनाए । यस्तो अवस्थामा पनि २४ घण्टामा आठ घण्टा मात्रै ट्रक चलाउन दिए पनि सरकारले २४ सै घण्टा बराबरको कर लिने गरको भन्दै उनले विरोध जनाए ।

कार्यक्रममा आयोजक भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वा, उद्योग वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्मा, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जालगायतले इटाको विकल्पमा सरकारलगायत गएको भन्दै दुःख व्यक्त गरे । इटाको विकल्पमा सिमेन्टका व्लकलगायतका नयाँंनयाँं आएको भन्दै सरकारले पनि यस्तैलाई प्राथमिकता दिएको भन्दै उनीहरुले असहमति जनाए ।

नेपालमा २०३२ सालमा भक्तपुरको जगातीमा चीन सरकारको सहयोगमा हफम्यान प्रविधिबाट चाइनिज इटा उद्योग खुलेको थियो । तर पछिल्लो झण्डै एक दशकदेखि यो कारखाना वन्द छ । त्यसैले यही प्रविधिमा आधारित हफम्यान प्रविधिको इटाभटा निजीस्तरबाट भक्तपुरेबाट पोखरामा इटा उद्योग सञ्चालनमा छ । माथिका सामान्य इटाभटाका समस्या जस्तै वातावरण प्रदूषण नभई वातावरणमैत्री, जनशक्ति अभावको समस्या नहुने गरी मेशिनबाटै काम हुने मात्रै नभई उर्जा किफायती पनि भएकाले हफम्यान प्रविधि सञ्चालनमा ल्याइएको सञ्चालकहरु बताउँंछन् ।

प्रकाशित : 1 January, 2026 2:24 pm