काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको यही पुस २५ गते हुने निर्वाचनमा लागि उम्मेदवारी दिने अन्तिम समय आज (बिहीबार) मध्याह्न १२ बजेसम्म अन्य कुनै व्यक्तिको उम्मेदवारी नपरे पछि उप्रेती निर्विरोध भएका हुन् ।
उनी नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । उप्रेती लामो समयदेखि नाडामा आबद्ध छन् । उनी यसअघि नाडाको कोषध्यक्ष बनेका थिए । त्यस्तै, लुब्रिकेन्ट कमिटी, वातावरण समितिमा पनि सदस्य बनेका थिए ।
उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । यस ग्रुप नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री, अन्य स्पेयर पार्टस लगायत व्यवसायमा संलग्न छ ।
नाडाको ४९ औं वार्षिक साधरण सभा भने गत पुस ९ सम्पनन भइसकेको छ । नाडाले निर्वाचन कार्यतालिका बिनै साधरणसभा बोलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन नगर्न निर्देशन दिएको थियो । सो आदेशको पालाना गर्दै नाडाले पुस २५ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । यद्यपि, सबै कार्यसमिति पदाधिकारी सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको छ ।






Comment