भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५९ हजारभन्दा बढीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५९ हजारभन्दा बढीको हात खाली

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

निष्कासन अवधिभर ६९ हजार ४६५ जनाले आवेदन दिएकोमा ८ जनाको आवेदन रद्द भएको छ। अर्थात् ६९ हजार ४५७ जना योग्य आवेदकले १० लाख ७९ हजार ९५० कित्ता माग गर्दै आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। बाँडफाँडमा १० हजार जनाले १०र१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी ५९ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार ११:४६ 1 January, 2026 11:46 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।