काठमाडौं । अन्तर्राष्ट्रिय होटल चेन होलिडे इन बाइ आइएचजी र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पौष ८ गते काठमाडौंस्थित होलिडे इन रिसोर्ट, बुढानीलकण्ठमा आयोजित विशेष कार्यक्रममार्फत हस्ताक्षर गरिएको हो।
सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र के. सी. तथा आइएचजी होटल्स एन्ड रिसोर्ट्सका दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका थिए। कार्यक्रममा आयोजित प्रेस मिटमा क्लब चौलानी लिमिटेडका तर्फबाट दीपक पाण्डेले सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिएका थिए।
सोही अवसरमा परियोजनासँग सम्बन्धित आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नारायणी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी पनि दिइएको छ।
धनगढीमा निर्माण हुन लागेको होलिडे इन बाइ आइएचजी, महेन्द्रनगर–धनगढी सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल हुने बताइएको छ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ वटा प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्।
होटलका प्रमुख सुविधामा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्ष तथा विशेष निजी डाइनिङ सुविधाहरू समावेश हुनेछन्।
परियोजनाको कुल लगानी रु। २२० करोड रहेको छ। जसमा करिब ६५ प्रतिशत ९रु। १४३ करोड० बैंक ऋणमार्फत र बाँकी ३५ प्रतिशत ९रु। ७७ करोड० प्रवद्र्धकहरूको स्व–पूँजीबाट व्यवस्थापन गरिनेछ।
धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता तथा आतिथ्यताले सम्पन्न क्षेत्रका रूपमा चिनिन्छ। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको सीमावर्ती सहर भएकाले यहाँ ठूलो संख्यामा भारतीय पर्यटक भित्रिने सम्भावना रहेको आयोजकले बताएका छन्। धनगढी सुदूरपश्चिमका सातै जिल्लाको प्रमुख जङ्क्सनका रूपमा विकास हुँदै गएको सहर हो भने होटल धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित रहनेछ।
होलिडे इन बाइ आइएचजी, महेन्द्रनगर–धनगढी परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पु-याउने विश्वास लिइएको छ।
होटल २०८४ सालको सुरुआतदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्दै पर्यटन, व्यवसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक पक्षको विश्वास छ ।







Comment