शुक्रबार देखी नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शुक्रबार देखी नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुदै



काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि. को संयुक्त आयोजनामा ११औँ Nepal Wood International Expo तथा Nepal Interior & Furniture Expo पुस ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा आयोजना हुन लागेको यस एक्स्पोमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टलहरू रहने आयोजकले जानकारी दिएका छन्।

फर्निचर, प्लाइउड, काठ औजार, ल्यामिनेट तथा हार्डवेयरसँग सम्बन्धित कम्पनीहरू, विभिन्न ब्रान्डका डिलर, सब–डिलर तथा विक्रेताहरूको उल्लेखनीय सहभागिता रहने यस प्रदर्शनीले काठ व्यवसायसँग सम्बन्धित उत्पादन तथा नवीनतम प्रविधिबारे जानकारी दिने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ। पछिल्लो १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी यस क्षेत्रका व्यवसायी तथा उद्योगका लागि कोसेढुंगा सावित हुँदै आएको जनाइएको छ।

एघारौँ संस्करणको प्रदर्शनीमार्फत विश्वभर ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक वस्तु तथा प्रविधिलाई नेपाली बजार तथा स्वदेशी उद्योगमा भित्र्याउने उद्देश्य लिइएको आयोजकले बताएका छन्। यसले साना तथा ठूला उद्योगहरूलाई प्रयोगमा रहेका मेसिनरीको उन्नयन गर्दै उत्पादन क्षमता र प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन्।

यसैगरी, इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूको सहभागितामा इन्टेरियर डिजाइन, फर्निचर तथा नवीनतम प्रविधिसम्बन्धी विभिन्न विषयमा दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ।

प्रकाशित : 17 December, 2025 1:44 pm