जेडटीईको नुबिया एयर र नुबिया भि ८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

जेडटीईको नुबिया एयर र नुबिया भि ८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध



काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँस्मार्टफोन मोडलेहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि ८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुबिधा सहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन प्रविधि लाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँमापदण्ड स्थापित गरेको छ। केवल ५.९ मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबतु टिकाउपनलाई एकसाथ ल्याएको छ। यसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ। साथै आईपी६८, आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ सयोजन मानिन्छ।

यनिुनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५ मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्यचुर सेन्ट्रिक पर्फर्मेस दिन्छ। यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसगं फोन दिनभरि प्रयोग गर्न मिल्छ। ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरि यन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३,९९९ तोकिएको छ।

यसगैरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि ८० डिजाइन पनि सार्वजनिक गरेको छ। एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ १९,९९९ तथा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१,९९९ मा उपलब्ध छ।

एण्ड्रोइड १६ मा चल्ने नुबिया भि ८० डिजाइन यनिुनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ। यसमा २२।५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट सहित ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ। फोटोग्राफीका लागि ५० मेगापि क्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ।

शंकर ग्रपुका एक्जिक्यटिुटिभ डाइरेक्टर सक्षम जाटियाज्यूले भन्नभुयो,“जेडटीई नुबिया एयर र नुबिया भि ८० डिजाइन सार्वजनिक गर्दै हामी हरेक मूल्यमा एडभान्स टेक्नोलोजी पु-याउने जेडटीईको रणनीतिलाई थप मजबतु बनाइरहेका छौँ। अत्यन्तै स्लिम प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको टिकाउपन देखि लिएर आकर्षक शैली सहितको किफायती प्रदर्शन सम्म, यी स्मार्टफोनहरूले नेपाली उपभोक्ताको अपेक्षा भन्दा बढी दिने हाम्रो लक्ष्यलाई स्पष्ट रूपमा देखाउँछन।”

दुवै स्मार्टफोन अहिले नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन्।

प्रकाशित : 17 December, 2025 1:18 pm