चन्द्रागिरी हिल्सको लाभांश घोषणा, साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चन्द्रागिरी हिल्सको लाभांश घोषणा, साधारणसभा आह्वान



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो।

बैठकले आव २०८१/८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा कम्पनीको आव २०८१/०८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको १ बरावर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पूँजी संरचना संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वासंशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा र प्रभु बैकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गरिनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन्।

प्रकाशित : 16 December, 2025 10:56 am