एचआईडिसिएलको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एचआईडिसिएलको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ?



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये १.५ प्रतिशत बोनस शेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० रहेको छ ।

मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले पुस २१ गते सोमबार चौधौं वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरणका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 14 December, 2025 11:10 am