काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गर्ने निर्णय गरेकी छिन् । उनीहरुकाे आजै अपरान्ह ४: ०० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ मन्त्री बनेकाहरुमा नेपाली कांग्रेस निकट अपाङ महासंघका अध्यक्ष माधव चौलागाई वन तथा वातावरण मन्त्री, काठमाडौं स्कूल अफ ल का डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, नेपाल प्रहरीका पूर्व एआईजीपी राजेन्द्र सिंह भण्डारी श्रम तथा रोजगार र नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् ।





Comment