आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, थपिँदै छन् यी ४ मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, थपिँदै छन् यी ४ मन्त्री



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गर्ने निर्णय गरेकी छिन् । उनीहरुकाे आजै अपरान्ह ४: ०० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ मन्त्री बनेकाहरुमा नेपाली कांग्रेस निकट अपाङ महासंघका अध्यक्ष माधव चौलागाई वन तथा वातावरण मन्त्री, काठमाडौं स्कूल अफ ल का डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, नेपाल प्रहरीका पूर्व एआईजीपी राजेन्द्र सिंह भण्डारी श्रम तथा रोजगार र नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् ।

प्रकाशित : 12 December, 2025 12:24 pm