बन्दीपुर केबलकारको शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बन्दीपुर केबलकारको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर सूचीकृत भएको छ। आज कम्पनीको २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता शेयर गरी कुल २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई स्टक टिकर प्रदान गरेको छ।

प्रकाशित : 10 November, 2025 3:15 pm