३ दशमलव ०७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ०७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १० जेठ ।बुधबार नेप्से ३ दशमलव ०७ अंकले उकालो लागेको छ। १६सय २६ मा खुलेको नेप्से १६सय २९मा पुगेर बन्द भएको छ। बुधबार होटल समुह बाहेक अरु सबै समुहले कमाएका छन ।
बुधबार इन्स्योरेन्स समुहले सबैभन्द धेरै कमाएको छ । बुधबार इन्स्योरेन्स समुह २० दशमलव ७३ अंकले उकालो लागेको छ। बुधबार उतपादनमुलक समुह ७ दशमलव ०७ अंकले, विकास बैँक समुह ४ दशमलव २३ अंकले, जलविघुत समुह ४ दशमलव ०९ अंकले, अन्य समुह २ दशमलव ६ अंकले, बैकिड. समुह २ दशमलव ४१ अंकले र फाइनान्स समुह १ दशमलव ५ अंकले उकालो लागेको छ।
बुधबार होटल समुह भने १५ दशमलव १ अंकले ओरालो लागेको छ ।
बुधबार कारोबारमा आएका १४८ कम्पनी बाट १३ लाख ६६ हजार ९ सय ७१ कित्ता शेयरबाट ६९ करोड ४४ लाख २६ हजार ४ सय ४८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०९:४१