काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति प्राप्त गरेको हो।
आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १:०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत, अर्थात् कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरी जारी गर्ने तयारी गरिरहेको छ।





Comment