राधी विद्युतले पायो हकप्रद सेयर निष्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

राधी विद्युतले पायो हकप्रद सेयर निष्कासनको अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति प्राप्त गरेको हो।

आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १:०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको छ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत, अर्थात् कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरी जारी गर्ने तयारी गरिरहेको छ।

प्रकाशित : ९ कार्तिक २०८२, आइतबार १३:३० 26 October, 2025 1:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।