सगुन सहकारीको साधारण सभा: पारदर्शिता र जिम्मेवारीमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सगुन सहकारीको साधारण सभा: पारदर्शिता र जिम्मेवारीमा जोड



सर्लाही, हरिवन – सगुन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। ‘उत्कृष्ट व्यवसायीक दिगो वित्तीय संस्था’ भन्ने नाराका साथ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सभा सम्पन्न गरेको हो।

सभाको अध्यक्षतामा केशव प्रसाद ढकाल रहेका थिए भने, जेष्ठ सदस्य गंगादेवी दाहाल प्रमुख अतिथि थिइन्। उनले पानसमा दीप प्रज्ज्वलन गरी सभाको औपचारिक उद्घाटन गरेकी थिइन्। कोषाध्यक्ष पदम मोक्तानले उपस्थित सबैलाई स्वागत मन्तव्य दिएका थिए।

सभामा सचिव बिनोद कार्कीले प्रगति समीक्षा प्रस्तुत गरे, उपाध्यक्ष राज कुमार उप्रेतीले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गरे। लेखा सुपरिवेक्षण समिति संयोजकले समितिको प्रतिवेदन पेश गरेका थिए भने, प्रबन्धक रविन्द्र रानाले आ.ब. २०८१/०८२ को वित्तीय प्रतिवेदन पेश गरेका थिए। सभामा १६ वटा एजेन्डा प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको थियो।

साधारण सभाको अवसरमा असोज ३ गतेदेखि सबै सेवा केन्द्रबाट उपस्थिति दर्ता र राय सुझाव संकलन गरिएको थियो। साथै, प्रादेशिक रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जहाँ ५८ जना रक्तदाताले योगदान गरेका थिए। लेखा सुपरिवेक्षण समितिका संयोजक जय शंकर सिंहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित : 26 September, 2025 1:21 pm