नगद कारोबारमा राष्ट्र बैंकले गर्यो कडार्इ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नगद कारोबारमा राष्ट्र बैंकले गर्यो कडार्इ



काठमाडौं २९ बैशाख ।श्रावणदेखि १० लाख रुपैयाँदेखि माथिको कारोबार चेकमार्फत मात्रै गर्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले १० लाख वा सो भन्दा माथिको रकम भुक्तानी गर्दा एकाउन्टपेयी चेकमार्फत गर्न बैंक तथा वित्तिय संस्थालार्इ निर्देशन दिएको छ।राष्ट्र बैंकले विहिवार निर्देशन जारी गर्दै भनेको छ-इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्नेछ।

राष्ट्र बैंकले बैंकबाट मात्रै होइन कुनै कम्पनी फर्म,संस्था वा कार्यालयको नामबाट पनि नगद कारोबारलार्इ बन्देज गरेको छ।बैंकले निर्देशनमा भनेको छ-फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनपर्नेछ।राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट १० लाख रुपैंयाँ भन्दा बढी रकम शर्तसहित झिक्नसक्ने व्यवस्था भने गरेको छ।

निक्षेपकर्ताले कुनै खास कारण देखार्इ नगद भुक्तानीका लागि लिखित निवेदनमा मनासिब लागेमा बैंक तथा वित्तिय संस्थाले दिन पाउने बाटो भने दिएको छ।तर १० लाख रुपैयाँ भन्दा बढी रकम दिएमा बैंक तथा वित्तिय संस्थाले मासिक रुपमा राष्ट्र बैंकको सुपरीवेक्षण विभाग र वित्तिय जानकारी इकार्इमा पेश गर्नुपर्ने प्रावधान लगाएको छ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०५:५०