७ दशमलव ७७ अंकले बढ्योे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ दशमलव ७७ अंकले बढ्योे नेप्से



काठमाडौँ २८ बैशाख । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ७ दशमलव ७७ अंकले उकालो लागेको छ ।१६ सय ५०मा खुलेको नेप्से १६ सय ५८ मा पुगेर बन्द भएको छ । विहिबार कारोबारमा आएका सबै समुहले कमाएका छन ।
बिहिबार इन्सयोरेन्स समुहले सबै भन्दो धेरै कमाएको छ । बिहिबार इन्सयोरेन्स समुह ४५ दशमलव ४६ अंकले उकालो लागेको छ । बिहिबार जलविघुत समुह १९ दशमलव २ अंकले, अन्य समुह १८ दशमलव ५१ अंकले, उतपादनमुलक समुह ८ दशमलव ०५ अंकले, होटल समुह ६ दशमलव ४४ अंकले, फाईनान्स समुह ४ दशमलव ९४ अंकले, बैकिड. समुह ३ दशमलव ९ अंकले , विकास बैक समुह १ दशमलव ९२ अंकले र ट्रेडिड. समुह १ दशमलव ४१ अंकले उकालो लागेको छ ।
बिहिबार कारोबारमा आएका १४७ कम्पनी बाट २० लाख ६० हजार ७ सय ९५ कित्ता शेयरबाट ९१ करोड ७१ लाख ९३ हजार १ सय २३ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २८ बैशाख २०७४, बिहीबार ०९:५९