साङ्ग्रीलाको १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साङ्ग्रीलाको १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद सेयर



काठमाडौं २८ वैशाख। । साङग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई बोनस र हकप्रद सेयर दिने भएको छ । बैंकका अनुसार १६ दशमलव ०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकका अनुसार बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने छ । तर, हकप्रद भने प्राप्ति पछि मात्र वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । नेपाल  राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्मा चुक्ता पूँजी पुर्याउन साङ्ग्रीलाले एक्विजिशन, बोनस तथा हकप्रदको बाटो रोजेको हो । बोनस सेयर वितरण र दुई बैंक प्राप्ति पछि बैंकको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुग्ने भएको छ ।

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कसमस डेभलपमेनट बैंक प्राप्ति पछि हकप्रद जारी गरेर बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ । बैंकले बोनस सेयर वितरण, दुई विकास बैंक प्राप्ति तथा सेयर स्वाप रेसियो निर्धारण र हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न जेठ १९ गते साधारणसभा बोलाएको छ । जसको लागि बैंकले जेठ ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : २८ बैशाख २०७४, बिहीबार ०८:३४