खराव कर्जा बढेपछि सिभिल बैंकको नाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खराव कर्जा बढेपछि सिभिल बैंकको नाफामा गिरावट



काठमाडौ २८ वैशाख  । सिभिल बैंकको नाफा घटेको छ। बैंकले चैतसम्म १५ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। सहायक कम्पनीसहितको नाफा भने १६ करोड २८ लाख रुपैयाँ छ। गत बर्ष भने बैंकको नाफा १९ करोड ९० लाख रुपैयाँ थियो।
बैंकको चैत मसान्तसम्म खुद ब्याज आम्दानी ७३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। बैंकको गत बर्षको चैतमसान्तमा यस्तो आम्दानी ६१ करोड ५ लाख रुपैयाँ थियो। बैंकले ३३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप परिचालन गरि २९ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। बैंकको चैत सम्ममा खराब कर्जा बढेको छ। गत बर्ष २.१७ प्रतिशत रहेको खराब कर्जा बढेर यसपाली ४.६६ प्रतिशत भएको छ। बैंकको पूँजी कोष अनुपात १७.५४ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ रहेको छ।

प्रकाशित : २८ बैशाख २०७४, बिहीबार ०६:४८