बुंगल हाइड्रोले पायो आइपीओ जारी गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुंगल हाइड्रोले पायो आइपीओ जारी गर्ने अनुमति



काठमाडौं । बुंगल हाइड्रोले आइपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार १५ गते आइतबार बुंगल हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता आइपीओ जारी गर्नेछ।

हाल कम्पनीमा संस्थापक समूहको ५३ करोड ९५ लाख रुपैयाँबराबरको लगानी रहेको छ। सर्वसाधारण आइपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ पुग्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ। कम्पनीको आइपीओ बिक्री हिमालयन क्यापिटल रहेको छ।

प्रकाशित : 29 June, 2025 6:49 pm