९ दशमलव २ अंकले अ‍ेरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ दशमलव २ अंकले अ‍ेरालो लाग्यो नेप्से



काठमाडौँ २१ बैशाख । कारोबार को अन्तिम दिन बिहिबार नेप्से ९ दशमलव २ अंकले ओरालो लागेको छ । ।१६ सय ६२ मा खुलेको नेप्से १६ सय ५३ मा पुगेर बन्द भएको छ । बिहिबार उतपादनमुलक समुह बाहेक अरु सबै समहले गुमाएका छन ।
बिहिबार सबै भन्द धैरै इन्स्योरेन्स समुहले गुमाएको छ । बिहिबार इन्स्योरेन्स समुह ९३ दशमलव ६८ अंकले ओराले लागेको छ । बिहिबार होटल समुह १२ दशमलव ८१ अंकले, विकास बैक समुह १२ दशमलव ४४ अंकले, जलविधुत १२दशमलव २१ अंकले, बैकिड. समुह ५ दशमलव ९२ अंकले, फाईनान्स समुह ५ दशमलव ७६ अंकले र अन्य समुह ३ दशमलव ७६ अंकले ओरालो लागेको छ ।बिहिबार उतपादनमुलक समुह भने ० दशमलव ०६ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका १४४ कम्पनी बाट १२ लाख ९५ हजार ५ सय ७३ कित्ता शेयरबाट ७९ करोड ५९ लाख २९ हजार ९ सय ५५ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २१ बैशाख २०७४, बिहीबार ०९:४६