४ दशमलव ०५ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ०५ अंकले बढ्यो नेप्से



काठमाडौँ २० बैशाख ।बुधबार नेप्से ४ दशमलव ०५ अंकले बढेको छ ।१६ सय ५९मा खुलेको नेप्से १६ सय ६२ मा पुगेर बन्द भएको छ । बुधबार विकास बैँक र उतपादनमुलक समुह बाहेक अरु सबै समहले कमाएका छन । बुधबार होटल समुह ४३ दशमलव ०७ अंकले, इन्स्योरेन्स समुह १६ दशमलव ५४ अंकले, जलविधुत ६ दशमलव ५२ अंकले, बैकिड. समुह ४ दशमलव ४४ अंकले,अन्य समुह ४ दशमलव ९२ अंकले र फाईनान्स समुह २ दशमलव १५ अंकले बढेको छ । बुधबार विकास बैक ४ दशमलव ९४ अंकले र उतपादनमुलक समुह २ दशमलव ०४ अंकले ओरालो लागेको छ ।
बुधबार कारोबारमा आएका १४२ कम्पनी बाट १३ लाख ७ सय ६७ कित्ता शेयरबाट ८९ करोड ६ लाख ९६ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०९:५८