स्टान्डर्ड चार्टर्डको एफपीओ २१ गते बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टान्डर्ड चार्टर्डको एफपीओ २१ गते बाँडफाँट



काठमाडौं १८ बैशाख । लामो समय देखि  प्रतिक्षामा रहेको  स्टान्डर्ड चार्टर्डको एफपीओ २१ गते बाँडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ५० दिन भित्र बाँडफाँट गरिसक्न दिएको निर्देशन अनुसार स्टान्डर्ड चार्टर्डको एफपीओ २१ गते बाँड्न लागिएको हो ।
 एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् । चार्टडले चैत १ गते देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो ।  चुक्ता पुँजी बढाउनेक्रममा चार्टर्डले एफपीओ रोजेको हो । एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०६:५८