फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पौष २९ गते सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २ माघ २०८१, बुधबार १२:०१ 15 January, 2025 12:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।