काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पौष २९ गते सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
Comment