काठमाडाैं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई यसअघिको म्याद तिहारअघि नै सकिएपछि पुनः म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
Comment