रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई यसअघिको म्याद तिहारअघि नै सकिएपछि पुनः म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार १६:२३ 5 November, 2024 4:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।