आयात-निर्यात दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयात-निर्यात दुवै घट्यो



काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको आयात निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

प्रकाशित : 18 August, 2024 3:07 pm