लक्ष्मी सनराइज बैंकको अगुवाईमा जुट्यो लगानी, साढे ९ अर्ब लागतमा बन्ने भयो अपर बलेफी हाइड्रोपावर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

 लक्ष्मी सनराइज बैंकको अगुवाईमा जुट्यो लगानी, साढे ९ अर्ब लागतमा बन्ने भयो अपर बलेफी हाइड्रोपावर



काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ । ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्णमा लक्ष्मी सनराइज, कृषि विकास, माछापुच्छ्रे, नेपाल एसबिआई बैंकले लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनामा लगानी गर्न सम्झौता सम्पन्न भएको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीत चन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन् ।

सो आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसविआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र (लाइसेन्स) लिएको थियो । गत वर्ष मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

उक्त परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो । जुन नवीकरणीय ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्न प्रतिबद्ध रहन्छ । हाल गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको छ । जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस उदाहरणीय प्रयासमा ८ वटा जलविद्युत परियोजनाहरू रहेका छन् भने अपर बलेफी हाइड्रोपावर लिमिटेड पनि उक्त परियोजनामा समाबेश छ ।

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ ।

४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्णमा लक्ष्मी सनराइज, कृषि विकास, माछापुच्छ्रे, नेपाल एसबिआई बैंकले लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनामा लगानी गर्न सम्झौता सम्पन्न भएको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीत चन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन् ।

सो आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसविआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र (लाइसेन्स) लिएको थियो । गत वर्ष मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

उक्त परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो । जुन नवीकरणीय ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्न प्रतिबद्ध रहन्छ । हाल गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको छ । जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस उदाहरणीय प्रयासमा ८ वटा जलविद्युत परियोजनाहरू रहेका छन् भने अपर बलेफी हाइड्रोपावर लिमिटेड पनि उक्त परियोजनामा समाबेश छ ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार ०७:४८