एनएमबि बैंक नाफा बाड्ने क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक नाफा बाड्ने क्षमता कति ?



एनएमबि बैंकले अप्रस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको बैंकको मुनाफा घट्दा बैंकले शेयरधनीलाई वितरणगर्न सक्ने मुनाफा पनि घटेको छ। 

बैंकले गत आर्थिक वर्ष २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक बर्ष ३ अर्ब २२ करोड थियो। गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर, उठ्न बाँकी ब्याज, नउठेको सावाँ ब्याजको प्रोभिजन समायोजन गर्दा गत आर्थिक वर्ष बाँड्न मिल्ने मुनाफा ९४ करोडमा सिमित भएको छ। 

बाँड्न मिल्ने नाफामा अघिल्लो आर्थिक वर्षको कमाई १ अर्ब १४ करोड थपिएपनि त्यसमा एफपीओ बापतको कर १ अर्ब ८४ करोड तिर्दा गत आर्थिक वर्ष शेयरधनीलाई बाँड्न मिल्ने नाफा २३ करोड ३८ लाखमा सिमित हुन् पुगेको हो। जसले गर्दा लाभांश क्षमता ६ दशमलब २१ प्रतिशतबाट घटेर १ दशमलब ३० प्रतिशतमा सिमित भएको छ। 

यस अवधिमा बैंकको आधार दर १० दशमलब ३७ प्रतिशतबाट घटेर ८ दशमलब ४२ प्रतिशतमा झरेको छ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ०८:५४