जनउत्थान लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

जनउत्थान लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको मंसिर ३ गते बसेको २४९औँ बैठकले तिम्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनीलाई आगामी मंसिर १६ गतेदेखि लागू हुने गरी चार वर्षका लागि करार सेवामा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

संस्थामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेकाले तिम्सिनालाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १७:४३ 20 November, 2026 5:43 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।