माछापुच्छ्रे बैंककाे खुद नाफा १ अर्ब २५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंककाे खुद नाफा १ अर्ब २५ करोड



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अधिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा  बैंकको खुद नाफा सामान्य घटेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ। बैंकको प्रोजिन शुल्क भने घटेर १ अर्ब ७ करोड रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत, सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ। बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ छ। 

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ०८:३३