प्रभु बैंकको लोभलाग्दो वित्तीय प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको लोभलाग्दो वित्तीय प्रगति



काठमाडौं । प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशतले बढेको छ।

बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको खुद नाफा २८ करोड रुपैयाँबाट गत आर्थिक वर्ष प्रकाशित अघिल्लो आर्थिक वर्ष २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ ।

बैंकको खराब कर्जा ०.२० प्रतिशतले घटेर ४.७८ भएको छ । यस्तो खराब कर्जा अघिल्लो आर्थिक वर्षमा ४.९८ रहेको थियो ।  बैंकको इम्पेरमेन्ट चार्ज(प्रोभिजन शुल्क) बढेर ५ अर्ब २१ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो शुल्क  २ अर्ब ४३ करोड रुपैयाँ थियो। 

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ०८:१४