नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायाे खराब कर्जा, अन्य सुचक कस्ताेे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायाे खराब कर्जा, अन्य सुचक कस्ताेे ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा नाफा बढाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षभन्दा ३९.७१ प्रतिशतले खुद नाफामा वृद्धि गरेको देखाएको हो ।
बैंक गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ छ। यो अवधिमा बैंककोे खराब कर्जामा पनि ०.४५ प्रतिशतले घटाएर १.२१ प्रतिशतमा झारेको छ । यो अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

 बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार ०८:०९ 5 August, 2024 8:09 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।